निषेधाज्ञाकै बीच बुटवलमा प्रदर्शन

प्रदेश ५ को राजधानी दाङ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध आइतबार निषेधाज्ञाकै बीच पनि प्रदर्शन भएको छ । कांग्रेस रुपन्देही र विभिन्न्न संघसंस्थाहरुको आवहानमा आइतबार बिहानैदेखि प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा प्रदेश सरकारको विरुद्ध नारावाजी भइरहेको छ भने सडकमा टायर समेत बालिएको छ ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।



सो प्रदर्शनका क्रममा यहाँका नेताहरुले जनताको भावनामा खेलवाड गरेको आरोप लगाएका छन् । साथै उनीहरुले दाङ प्रदेश ५ को राजधानी उपयुक्त नभएका कारण यो निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार