आज कति थपिए काठमाडौँ उपत्‍यकामा कोरोना संक्रमित ?

काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ ।

सम्बन्धित समाचार