एउटी अभिनेत्रीको निधन, अर्की अभिनेत्रीलाई श्रद्धाञ्जली !

बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ । मृगौला फेल भएका कारण शुक्रबार अबेर राती उनको बैंगलोरमा निधन भएको हो । बताइएअनुसार कीटो डाइट लिएका कारण उनको स्वास्थ्य बिग्रिएको हो । तर, मिष्टी मुखर्जीको निधन हुँदा अर्की अभिनेत्री मिष्टी चक्रवर्तीले तनाव झेल्नु परेको छ ।

एउटै नाम भएका कारण फ्यानहरु झुक्किएर मिष्टी चक्रवर्तीलाई सामाजिक संजालमा श्रद्धाञ्जली दिन थालेपछि उनले सफाइ दिनुपरेको छ । उनले इन्स्टाग्राममा पोस्ट गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको बताएकी छिन् । उनले लेखेकी छिन् ‘केही मिडिया रिपोर्टका कारण आज मेरो मृत्यु भयो तर भगवानको कृपाले म स्वस्थ छु र मलाई अझै धेरै अगाडिसम्म जानु छ ।’



https://www.instagram.com/p/CF5VS_1ph6W/

सम्बन्धित समाचार