आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । महाशाखाले हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको जनाएको छ ।

यसैगरी, मंगलबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । प्रदेश १ का थोरै स्थानहरु हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।



यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार