नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ५ सभामा मंगलबार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहको ध्वंसात्मक कार्य निन्दनीय भएको बताएका छन्।
यस घटनाका कारणले मात्र नभई संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक नभएको प्रमाणित भएको उनको टिप्पणी छ। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नसमेत माग गरेका छन्।
उनी लेख्छन्-‘ ५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ। यो घटनाको कारणले मात्र होइन,संघियताको ५ वर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ । केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौं ।’
