नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
अभिनेत्री काजल अग्रवालले बिहे गर्ने भएकी छिन् । रिपोर्टका अनुसार काजलका परिवारले उनको लागि योग्य वर खोजिरहेका थिए र उनीहरुले अब काजलको लागि बेहुला फेला पारेका छन् । अब छिटै काजलको बिहे हुने बताइएको छ । पिंकभिलाको रिपोर्टअनुसार काजल अग्रवालले व्यवसायी गौतम किचलुसँग बिहे गर्दैछिन् ।
काजललाई गौतमका अभिभावकसँग मन्दिरको दर्शन गरिरहेको देखिएको छ । यद्यपि दुवैले बिहेबारे आधिकारिक बयान दिएका छैनन् । काजल विगत १६ वर्षदेखि फिल्म उद्योगमा छिन् । उनले फिल्म क्यों हो गया ना बाट डेब्यू गरेकी थियन् त्यसपछि उनी दक्षिण भारतीय फिल्मतिर लागिन् । उनी दक्षिण भारतमा निकै चर्चित अभिनेत्री हुन् । उनले हिन्दी फिल्ममा पनि राम्रो पहिचान बनाइसकेकी छिन् । काजलले अजय देवगनसँग फिल्म सिंघममा काम गरेकी थिइन् ।
https://www.instagram.com/p/CF_boUwHquE/