आज कति थपिए कोरोना संक्रमित ?

मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।

हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।



यस्तै आज काठमाडौं उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित समाचार