नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ३, खोटाङका १, झापाका ४, ताप्लेजुङका १, धनकुटाका २, मोरङका २७, सुनसरीका १९ जनामा कोरोना संक्रमण भएको छ ।
यस्तै धनुषाका १२, पर्साका २, बाराका २, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका २, सर्लाहीका ७, सिरहाका १०, काठमाडौँका ७८३, काभ्रेका २४, चितवनका ८१, दोलखाका १, धादिङका ५, नुवाकोटका ५, भक्तपुरका ११६, मकवानपुरका ६, रामेछापका २, ललितपुरका ११८, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कास्कीका २, गोर्खाका २०, तनहुँका २, नवलपरासीपूर्वका १३, म्याग्दीका १, लमजुङका १, बागलुङका १, स्याङ्जाका ५, अर्घाखाँचीका २, कपिलवस्तुका २, गुल्मीका २, दाङका ३४, नवलपरासीका ९, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका १, बाँकेका ३४, रुपन्देहीका ९६, रोल्पाका १, कालिकोटका १०, दैलेखका ७, कालिकोटका १०, दैलेखका १०, रुकुमपश्चिमका ४,सुर्खेतका १, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका १, डोटीका १, बझाङका १, तथा बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मंगलबार २ हजार ३ सय ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ। हाल ४ हजार २२१ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २४३ जनाको आईसीयुमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु, रुकुमपूर्व र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
