लमजुङका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

लमजुङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १३ जना संक्रमित सुन्दरबजार नगरपालिका ६, ७ र ९ वडाका हुन् । उनीहरुमध्ये ८ जना महिला हुन् भने ५ जना पुरुष हुन् । यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ४११ पुगेको छ । संक्रमितमध्ये ३४० जना उपचारपछि निको भएका छन् ।



नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

सम्बन्धित समाचार