पशुपति क्षेत्र विकास कोषको पुरानो गुरुयोजनाको समीक्षा गरौं : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका छन् । पशुपति विकास कोषको गुरुयोजनाको प्रकृया र सामाग्री नमिलेको भन्दै गुरुयोजना नभएको टिप्पणी गरेका छन् । नयाँ गुरुयोजनालाई खारेज गरी पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको माग छ । उनले पुरानो गुरूयोजनाको समीक्षा गरिनुपर्ने बताए।

दिनहुँ त्यहाँका स्थानीय, सम्पदाप्रेमीहरुले गुरूयोजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलन भइरहेका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै। यो गुरूयोजना नै हैन। यसलाई खारेज गरौं ।’



‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ । गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन्। उनीहरूले आज कोषको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

पशुपति क्षेत्रको वृहत्तर विकासका नाममा गुरूयोजना बनाइए पनि त्यो धार्मिक आस्था र साँस्कृतिक अवमूल्यन गर्ने खालको रहेको भन्दै विरोध भइरहेको छ । उनीहरुले संस्कृति मास्न लागेको भन्दै विरोध गर्दै आइरहेका छन् ।

https://www.facebook.com/thapagk/posts/3495955833781637

सम्बन्धित समाचार