थप २ संक्रमितको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु

संक्रमित पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिलाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको बुधवार बिहान १२:५० बजे मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताए ।



त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा। गौतमले बताए । मृतक महिलामा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

सम्बन्धित समाचार