अनसनरत डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । १९ औँ पटकको अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार डा. केसीको उच्च रक्तचाप अत्यधिक मात्रामा घटेर ७०/५० पुगेको, सुगरको मात्र निकै कम हुँदै गएको छ । उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि डा. केसीले कुनै पनि उपचार सेवा लिनको लागि नमानिरहेको चिकित्सकहरुको भनाइ रहेको छ ।



नागरिकहरुको सेवाका लागि जुम्ला पुगेका डा केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको थियो भने हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखी उपचार भइरहेको छ ।

सम्बन्धित समाचार