नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सुर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।
अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) शैलेन्द्र खनाल, सुवेदीलगायतको टोली दार्चुलाको छाङरु पुगेर फर्किएको थियो । त्यसैगरी केही दिन अघि प्रधानमन्त्री केपी शर्माओलीका प्रमुख राजनीतिक सल्लहाकार, प्रमुख स्वीकय सचिव, परराष्ट्र सल्लहाकार र प्रेस सल्लाकारलाई एकैचोटी कोरोना संक्रमण देखिएको थियो ।
