बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै  प्रदर्शन

युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधवार बिहान तुलसीपुरमा प्रदर्शन गरेको छ । उनीहरूले ‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही ?’ लेखिएको ब्यानर बोकेका थिए ।

बलात्कारीलाई कडाभन्दा कडा कानून नहुँदासम्म यस्ता बलात्कारका घटना दोहोरी रहने भन्दै उनीहरूले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग पनि गरेका छन् । बलात्कारका घटनामा सरकार कडा रूपमा प्रस्तुत हुन नसकेको भन्दै व्यंग्य स्वरूप प्रदर्शनकारीले ‘ नेपालमा बलात्कार पनि हुन्छ र ? नाइँ मलाई थाहा छैन’  के नेपालमा राष्ट्रपति छ्न र ? भन्ने लेखेका प्लेकार्ड पनि बोकेका थिए ।



मुख्य बजारको परिक्रमापछि तुलसीपुर उपमहानगरपालिका अगाडि आएर र्‍याली कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अरुण लहरेले बालिका बलात्कार र हत्यामा संलग्नलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरेका छ्न । त्यस्तै अर्का वक्ता आकाश भन्डारीले नेपालमा राष्ट्रपति महिला भएकोमा शंका उत्पन भएको आशंका रहेको बताए ।

त्यस्तै कार्यक्रमको समापन गर्दै युथ अफ तुल्सीपुरका अध्यक्ष बसन्त गिरीले भने, ‘कडाभन्दा कडा सजाय नहुँदासम्म यस्ता अमानवीय घटना दोहोरी रहन्छन्,’ । उनले थपे, संशोधन गरेरै भए पनि बालिका बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था गरिनु पर्छ ।’

कार्यक्रमपछि प्रदर्शनकारीले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकामा गएर ज्ञापनपत्र बुझाएका थिए ।

सम्बन्धित समाचार