बढ्यो जोखिम, थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार २०९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।



नेपालमा बितेको २४ घण्टामा थप १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यो कुल संक्रमितको ७२.८ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा १४ हजार ४४१ जना र संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना छन् । ती मध्ये २३३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार