नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ५ महिला र १० पुरुष छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंमा २ महिला, पुरुष ४, मोरङका २ पुरुष, ललितपुर, चितवन, रुपन्देही, नवलपरासीका १/१ पुरुष, दाङ,सिरहा, रौतहटकि १/१ महिला सहित १५ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
