कोरोनाबाट रुपन्देहीमा थप एकको मृत्यु

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

उनी जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत थिए ।



उनमा असोज १२ गते गरिएको पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार