कुमारी बैंकको निःशुल्क पिसिआर परीक्षण क्याम्प

कुमारी बैंक लिमिटेडले आयोजना गरेको निशुल्क पिसिआर परीक्षण क्याम्प सम्पन्न गरेको छ । हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पिसिआर परीक्षण क्याम्प आयोजना गरेको थियो ।

सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ ।



बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी एंव बैंकका ग्राहकलाई लक्षित गरी उक्त क्याम्प आयोजना गरिएको बैंकले जनाएको छ ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार