नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि बालुवाटार पुगेका छन् । उनीहरुबीच मन्त्रिपरिषद् पुनर्गठनदेखि पार्टीको एकताका विषयलाई लिएर छलफल भइरहेको छ ।
उनीहरुबीच केही दिनयता नियमित भेटवार्ता हुन सकेको छैन् । भेटवार्ता नभएका कारण मन्त्रिपरिषद् पुनर्गठनले पनि प्राथमिकता पाउन सकेको छैन् । यसरी हेर्दा मन्त्रिपरिषद् पुनर्गठन दशैंअघि नहुने सम्भावना बढेर गएको छ । अर्को कुरा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पनि मन्त्री बनाउने तयारी भएका कारण पनि यो विषयले तत्कालै प्राथमिकता पाउन सकेको छैन् । हाल गौतम सर्वोच्चमा आफूविरुद्ध परेको मुद्दा लडिरहेका छन् ।
गत असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्धय र महासचिवलाई पार्टीको एकताका बाँकी काम पुरा गर्न १० दिनको समयावधि दिएको थियो । तर सो कार्यले अझै प्राथमिकता पाएको छैन् ।
