नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज ।
अमेरिकन गायक, लेखक तथा अभिनेता जोनी नाशको निधन भएको छ । ८० वर्षीय जोनीको प्राकृतिक कारणले निधन भएको हो । उनको निधनको खबरले हलिउडको मनोरन्जन उद्योगमा सन्नाटा छाएको छ । फ्यान तथा स्टारहरुले उनलाईको निधन प्रति श्रद्धाञ्जली सामाजिक संजालबाट व्यक्त गरिरहेका छन् ।
चर्चित गायको निधनको खबर उनक छोरा जुनियर जोनी नाशले बाहिर ल्याएका हुन् । ‘दुनियाको सबैभन्दा राम्रो पिता र पारिवारिक व्यक्तित्व र सबैलाई माया गर्ने व्यक्ति बुबा हुनुहुन्थ्यो’ उनका छोरा जुनियर जोनीले मिडियामा भने ‘मानिस उनलाई हमेसा याद गर्नेछन् ।’
जोनीलाई मानिसहरु १९७२ मा आएको क्लासिक धुन ‘आई क्यान सि क्लियरली नाउ’ गीतको निर्माता कलाकारको रुपमा चिन्ने गर्दछन् । यो गति उनको करियरको सबैभन्दा सम्झनालायक गीत हो ।
जोनीले ३६ वर्षीय गायन करियरमा कयौँ सम्झनालायक गीत दिएका छन् । उनको जन्म १९४० अगष्ट १९मा ह्युस्टन टेक्सास अमेरिकामा भएको थियो ।