राप्रपाका तीन अध्यक्षको बैठकले गर्यो यस्तो निर्णय

राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनी बीचको बैठक बिहीबार बसेको छ। बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने निर्णय गरेको छ भने जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाइने समेत भएको छ ।

बैठकले केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको अध्यक्ष थापाले बताए ।अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तिव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताएका छन् ।



राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’को वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले बताएका छन् । आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत बैठकबाट अध्यक्षहरुले गरेका छन् । राप्रपाले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सो पार्टी हलो चुनाव चिन्ह लिएर तल्लो तहसम्म जाने तयारीमा छ ।

सम्बन्धित समाचार