नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।

सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौडेललाई बढुवा गरेको छ । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम सहसचिव पौडेललाई मन्त्रालयको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
शंकरदास वैरागी अघिल्लो हप्ता मुख्य सचिवमा बढुवा भएपछि परराष्ट्र मन्त्रालयको सचिव खाली थियो। पौडेलले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतका रुपमा काम गरेका थिए।
सचिव बढुवा समितिले पौडेलसँगै सहसचिवहरु सेवा लम्साल र कालीप्रसाद पोखरेलको नाम पनि सिफारिस गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
लम्साललाई मन्त्रालयको प्रवक्ताको विम्मेवारी तोकिएको छ ।
