जायरा वसीमपछि अब सना खानले पनि बलिउड परित्याग गरिन्

बिग बोस, जय हो जस्ता फिल्महरुमा काम गरिसकेकी अभिनेत्री सना खानले जायरा वसीमको बाटो समातेकी छिन् । सनाले बलिउडसहित मनोरञ्जन क्षेत्रको काम छोडेकी छिन् । यो जानकारी उनले सामाजिक संजालमार्फत दिएकी हुन् । सनाले लामो पोस्ट लेख्दै अब मानवताको सेवामा लाग्ने बताएकी छिन् ।

उनले आफ्नो निर्माता अर्थात अल्लाहको निर्देशनको पालना गर्ने बताएकी छिन् । सनाले २००५ मा हिन्दी फिल्म यही है हाइ सोसाइटीबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले कैयौं हिन्दी, तेलुगु, तमिल, मलायालम र कन्नड फिल्ममा काम गरिन् । उनी बिगबोस, फियर फ्याक्टर जस्ता रियालिटी शोमा पनि पुगिन् ।



यसअघि सिक्रेट सुपरस्टार गर्ल जायरा वसिम पनि जून २०१९ मा फिल्म उद्योगबाट बाहिरिएकी छिन् । जायरा किशोरी उमेरमै करिअरले ठूलो उडान लिने बेलामा ठूला अवसर छाडेर बलिउडबाट बाहिरिएकी हुन् । जायराले पनि आफू मनोरञ्जन उद्योगबाट बाहिरिनुको कारण धर्म बताएकी थिइन् ।

सम्बन्धित समाचार