बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय १६ जना, ललितपुरमा १६३, भक्तपुरमा १३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देखाएको छ ।

पछिल्ला दिनहरुमा उपत्यका लगायत देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार २७९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार