लुम्बिनी प्रदेशका सभामुख घर्ती र आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार बिहान सभामुख घर्तीसहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी गरिएको कोरोना परीक्षणमा सभामुख घर्तीको रिपोर्ट पोजेटिभ आएको उनका स्वकीय सचिव ध्रुवविक्रम ओलीले बताए।

सभामुख आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्। सभामुखलाई सामान्य रुघाखोजीको जस्तो लक्षण देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको ओलीले बताए।



त्यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको पनि शुक्रबार बिहान स्वाब परीक्षण गरिएकोमा रिर्पोट पोजेटिभ आएको प्रदेश सांसद इन्द्रजित थारुले बताए। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ।

केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन्। उनी नेकपा केन्द्रीय सदस्यका साथै रोल्पाका प्रदेश सभा सांसद पनि हुन्।

सम्बन्धित समाचार