कोरोना विशेष अस्पतालमा संक्रमित महिलाको मृत्यु

दाङको बेल्झुण्डी कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा- ३ निवासी ६६ वर्षीया महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन द्रोण ओलीले जानकारी दिए ।



भीम अस्पताल भैरहवाबाट आइसियू बेडमा राखेर उपचार गर्नको लागि ती महिलालाई शुक्रबार राती भर्ना गरिएको थियो ।

‘आइसियू बेडमा राखेर उपचार गर्नको लागि उहाँलाई हिजो राती ल्याइएको थियो । उपचारको क्रममा आज बिहान उहाँको निधन भयो’ ओलीले भने ,‘शव व्यवस्थापनको बारेमा अहिले छलफल भैरहेको छ ।’

सम्बन्धित समाचार