नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै जल तथा मौसम विज्ञान विभागले हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा दिउँसो हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी भोलि र पर्सि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ।

