यी हुन् चार वटा खुट्टा भएकी महिला

मानिसका दुई हात, दुई खुट्टा र दुई, दुई कान, एक मुख, र एक नाक हुन्छन् । यो त हामी सबैले देखिरहेका नै छौँ । तर आज हामी तपाईलाई चार खुट्टा भएकी एक महिलाको बारेमा जानकारी दिँदैछौँ ।

आज भन्दा करिव १५२ वर्ष पहिला एउटा यस्तो घटना भएको थियो, जसका कारण सबै चकित बनेका थिए । १८६८ मा अमेरिकाको टेनेसीमा एक शिशुको जन्म भएको थियो । तर उनको दुई वटा नभएर ४ वटा खुट्टा थियो ।



मायरटल कार्बिन नामकी उक्त महिला आफ्नो असामान्य खुट्टा भए पनि ५९ वर्षसम्म जीवित रहिन् । उनको बारेमा डाक्टरहरुले उनका दुई साना खुट्टा भने कमजोर रहेको बताएका छन् । बाँकी दुई खुट्टा एकदम राम्रो थियो । उनी १३ वर्षको हुँदा उनको बारेमा एउटा किताव समेत लेखिएको थियो । कितावको नाम थियो बायोग्राफी अफ मायरटल कार्बिन ।

उनीसँगै अर्को बच्चा पनि रहेको हुनसक्ने डाक्टरको अनुमान छ । जसको कारण वेज्ञानिकले उनको शरीर विकसित हुन नसकेको बताएका छन् । १९ वर्षको उमेरमा उनले जेम्स क्लिन्टन नामका व्यक्तिसँग विवाह गरिन् । जसमा उनले पाँच बच्चा जन्माएकी थिइन् ।

चार छोरी र एक छोरालाई उनले जन्म दिएकी थिइन् ।

सम्बन्धित समाचार