नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गएराति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो ।
सङ्घका महासचिव डा। बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा गोविन्द केसी पक्षबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

