नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएका छन् । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ उनलेले सचेत गराए ।
अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहे पनि नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने उनलेबताए । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ । लकडाउन गर्ने–नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागकिले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए ।
यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरे । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन उनले अपिल गरे ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन अनुरोध गरे । दसैँ, तिहार र छठजस्ता चाडपर्वहरूमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
