संक्रमित शिक्षामन्त्रीले शनिबार मात्रै भेटेका थिए प्रधानमन्त्री ओलीलाई

आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ। डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउने मन्त्री पोखरेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए। त्यहाँ पुगेर उनले प्रमसँग केसीका माग पूरा गर्ने उपायबारे छलफल गरेका थिए।

शिक्षा मन्त्री पोखरेललाई लक्षणसहितको कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकले शनिबारै स्वाब लिएर निगरानीमा राखेका थिए। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै बसेका उनमा शनिबार कोरोना पुष्टि भएको थियो।



केही दिनयताको पोखरेलको सक्रियताले प्रधानमन्त्री ओलीसहितका उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। मन्त्री पोखरेलले केसीको ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य उच्च अधिकारीसँग सम्वादमा सक्रिय हुँदा धेरैजना कन्ट्याक्ट ट्रेसिङमा पर्ने भएका हुन्।

सम्बन्धित समाचार