आमिर खानकी छोरी इराको प्रश्न – मसँग सबैथोक छ र पनि म डिप्रेशनमा किन छु ? (भिडियाे सहित)

बलिवुड अभिनेता आमिर खानकी छोरी इरा खानले आफु पछिल्लो चार बर्षदेखि डिप्रेसनमा रहेको खुलासा गरेकी छन् । सामाजिक संजालमा एक भिडियो सार्बजनिक गर्दै इराले आफु चार बर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छन् ।

सामाजिक संजालआमा निकै सक्रिय रहेकी इराले मेन्टल हेल्थ डेको दिन भिडियो सार्बजनिक गर्दै यस बारे खुलासा गरेकी हुन् । इराले आफ्नो मानसिक स्वास्थ्य समस्या सबैका अगाडी राखेपछि सामाजिक संजाल र मिडियामा उनको प्रशंसा गरिएको छ ।



उनले भनेकी छन् -‘पछिल्लो चार बर्षदेखि म डिप्रेशनको शिकार छु । डाक्टरलाई देखाई रहेकी छु । अहिले ठीक छु । पछिल्लो केहि समयदेखि मानसिक स्वास्थ्यको बारेमा केहि भन्न चाहन्थे । तर के भन्ने र कसरी भन्ने बारे निश्चित हुन् सकेकी थिइन । अहिले यस भिडियोको माध्यमबाट आफ्नो जीवनको यस्तो यात्रामा लैजान खोजेकी छु, जहाँ एक युवती डिप्रेशनसँग लडिरहेकी छ ।’

इराले भिडियोको अन्त्यमा एक महत्वपूर्ण प्रश्न समेत छोडेकी छन् । उनले भनेकी छन् – मसँग सबैथोक छ तर पनि म डिप्रेशनमा किन छु ? भाइरल भएको यो भिडियोपछि अहिले इराले साहस गरेर आफ्नो समस्या सबैको अगाडी राखेको भन्दै समस्या लुकाउन नहुने ठुलो संदेश दिएको प्रतिक्रिया पाएकी छन् ।

https://www.instagram.com/p/CGK5pCuAqdG/

सम्बन्धित समाचार