नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार भएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा ४०० जना थप गरी ७२७ जनाको केन्द्रिय कार्य समिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएकोछ ।
राप्रपाका विभिन्न भातृ सगंठनहरूमध्येबाट केन्द्रिय सदस्यमा मनोनित गर्ने क्रममा पार्टीको उत्पीडित उत्थान सगंठनको महासचिव भई कुसलतापूर्वक जिम्मेवारी निभाइसकेका राम नेपाली पनि केन्द्रीय सदस्यका रूपमा मनोनयनमा परेका छन् ।
नेपाली एक बौद्धिक युवाको रूपमा पार्टीभित्र परिचित छन् । उनले अंग्रेजी विषयमा स्नातकोत्तर तहसम्मको अध्यन गरेका छन् । केन्द्रीय कमिटीको सदस्यका रूपमा मनोनयनमा परेपछि उनले प्रतिक्रिया दिँदै आफूलाई पार्टीले दिएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
