नेपाल-चीन सीमा विषयमा सत्य तथ्य सार्वजनिक गरियोस् : भीम रावल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्लाको नाम्खा गा।पा।लिमी लोलुङजङमा उत्पन्न भएको नेपाल चीन सीमा विवादका विषयमा सत्य तथ्य सार्वजनिक गर्ने अनुरोध गरेका छन् ।

उनले सोमबार बिहान ट्विट गर्दै सीमासम्बन्धीमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् ।



सरकारले केहि समय अघि चीनले बनाएका भवनहरू उसकै क्षेत्रभित्र बनाएको भनेर प्रष्टीकरण दिई सकेको छ । यही विषयसँग जोड्दै नेता रावलले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुङ्गो लगाउनु पर्ने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार