सकियो ओली प्रचण्डबीचको छलफल, मुख्यमन्त्री विवादबारे के भयो कुराकानी ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरेका छन् ।

आइतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध नेकपाका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । एकाएक शाही विरुद्ध अविश्वास प्रस्ताव आएपछि रुष्ट पूर्व माओवादी खेमाका नेताहरु रुष्ट बनेका छन् । त्यसै विषयमा कुराकानी गर्न अध्यक्ष दाहाल प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए ।



अध्यक्षद्वयबीच निरन्तर पार्टी एकता, रिक्त रहेका संवैधानिक आयोगहरुमा नियुक्ती लगायत विषयमा कुराकानी र छलफल भइरहेको छ । तर आजको भेटघाटमा अध्यक्षद्वयबीच कर्णाली प्रदेशको मुख्यमन्त्री विवादबारे नै छलफल केन्द्रीत भएको स्रोतले जनाएको छ ।

त्यस्तै आजको बैठकमा स्थायी कमिटीको मर्म, भावना, सचिवालय बैठकको म्यान्डेटअनुसार समाधान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार