काठमाडौंका एसएसपीसहित अधिकारीहरुमाथि छानविन सुरु

काठमाडौं प्रहरी परिसरका अधिकारीहरुमाथि छानविन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा काठमाडौँ प्रहरीले कमजोर अनुसन्धान गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा २ जना प्रहरी निरीक्षक सदस्य रहेको बताइएको छ ।



काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली, एसपी सोमेन्द्र सिंह राठौर, डीएसपी देवी पौडेलविरुद्व प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री परेपछि प्रहरीले अधिकारीहरुमाथि नै छानविन सुरु गरेको हो । स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।

एसएसपी श्याम ज्ञवाली आफै सर्वोच्च अदालतको आदेशविरुद्ध लागेका थिए । उनले यो सामान्य विषय भएको र आफूविरुद्ध उजुरी दिनेहरु आफै थाक्ने पनि टिप्पणी गर्दै आएका थिए ।

राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगको पत्र अनुसार सर्वोच्चको आदेशभन्दा अगाडि उत्तरपुस्तिका नष्ट भएको देखिँदैन । प्रहरीका अनुसार ‘०७६ असोज ७ अगावै उत्तरपुस्तिका नष्ट गरिसकेको अवस्था छ ।’ तर, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयको पत्रअनुसार ०७६ मंसिर २० सम्म ९९बुँदा नम्बर १० उत्तरपुस्तिका नष्ट नगरी सिलबन्दी गरेर राखिएको भनिएको छ ।

सम्बन्धित समाचार