नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कति जनाको निधन ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका १ महिला, २ पुरुष, ललितपुरका एक पुरुष, रुपन्देहीका एक पुरुष, सुनसरीका ३ र चितवनकी १ महिला सहित ९ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।



यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

सम्बन्धित समाचार