संक्रमणमुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमण मुक्त भएसँगै चुनावी र्‍यालीमा सहभागी भएका छन् ।ह्वाइट हाउस फिजिसियन डा शन कन्लीका अनुसार स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी १२ दिनपछि संक्रमण मुक्त भएका हुन् । कोरोना भाइरसबाट मुक्त भएसँगै उनी फ्लोरिडाको सनफोर्डमा चुनावी र्‍यालीमा सहभागी भएका छन् । उक्त सभालाई सम्बोधन गर्दै ट्रम्पले आफू रोग प्रतिरोधी भएको बताएका छन् । उनले भने,’म रोगप्रतिरोधी भए, अब मलाई भाइरसले आक्रमण गर्दैन ।’



अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो । फ्लोरिडाको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए । उनले सञ्चारमाध्यम पनि पक्षपाती भएको बताएका छन् ।

सम्बन्धित समाचार