नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।
अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको भ्याक्सीनको ट्रायल रोकिएको छ । आफ्ना हेल्थ वर्कर बिरामी भएका कारण ट्रायल रोकिएको कम्पनीले बताएको छ ।
जोनसन एण्ड जोनसनले ट्रायलमा भाग लिएका एक व्यक्तिमा यसको असर देखिएको भन्दै कम्पनीले हालका लागि ट्रायल रोकेको हो । ट्रायलमा भाग लिएका एक क्यान्डिडेटमा लक्षण देखिएपछि ट्रायल रोकिएको कम्पनीले जनाएको छ । अहिले यसको जाँच भईरहेको छ ।
यति बेला कोरोना भाइरसको संक्रमण सारा विश्वमा नै व्याप्त । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो वटक देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।