चालकमा कोरोना पुष्टि भएपछि नेम्वाङ आइसोलेसनमा

सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ तीन दिनदेखि आइसोलेसनमा बसेका छन् । निजी सवारीचालकमा कोरोना पुष्टि भएपछि आफू स्वाब दिएर आइसोलेसनमा बसेको नेम्वाङले बताए ।

‘आज बिहान स्वाब दिएको छु, सम्भवतः बुधबार बेलुकीसम्म रिपोर्ट आउँछ होला,’ नेम्वाङले भने ।



यसअघि नेकपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेताहरुमा संक्रमण देखिन थालेपछि राजनीतिक गतिविधिहरुमा कमी आएको छ ।

सम्बन्धित समाचार