नवकान्तिपुर संवाददाता
काठमाडौं, २९हिजाे असाेज ।

हिजाे भएको मन्त्रिमण्डल पुनर्गठनमा परेका मन्त्रीहरूको सपथ ग्रहण आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालयले विहीबार बिहान साढे ११ बजेका लागि मन्त्रीहरूको सपथ ग्रहणको तयारी गरिएको जानकारी दिएको छ।
बुधबार राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिमण्डल पुनर्गठन गरेकी थिइन्। पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ।यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठले पाएका छन्। सहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठलाई ल्याइएको छ। श्रेष्ठद्वय पहिलोपटक मन्त्री बनेका हुन्।
सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ। यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।
यद्दपी मन्त्रिमण्डल पुर्नगठनलाई लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपालले भने अषन्तुष्टि जनाइसकेका छन् ।
