नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असाेज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ३ हजार ५६४ जना पछिल्लो २४ घण्टायता संक्रमणमुक्त भएका छन् । देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् । आज थप १९ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् ।
