नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असाेज ।

राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। विहीबार थापाले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।
‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन् ।
केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन र पीसीआर परीक्षण गर्न उनले आग्रह गरेका छन् ।
