नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशका सांसद यमलाल कँडेलले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कँडेल पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता मानिन्छन् ।
कँडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । कर्णालीका नेकपा नेता तथा सांसद गुलाबजंग शाहका अनुसार कँडेलको कुरा प्रचण्डले गम्भीर रुपमा नलिएको जनाए । प्रचण्डले कँडेललाई केन्द्रमा सल्लाह नगरी किन यस्तो गम्भीर गल्ती गरेको भन्दै आक्रोश पोखेका थिए ।
प्रचण्डले केन्द्रमा यसबारेमा समिक्षा हुने पनि जनाएका थिए । यसअघि हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि प्रचण्डलाई भेटेका थिए ।
