नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएकोले शुक्रबार घर फर्किएका हुन् ।
उच्च रक्तचाप बढेपछि धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल घर फर्किएका उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत विहीबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनको फोक्सोमा पानी जमेकोले स्वास्थ्यमा समस्या आएको बताएको थियो ।
