नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कात्तिक ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘पूर्व माओवादीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको’ आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट जस्तो व्यवहार गर्दा पनि पूर्व माओवादी नेताहरुले हस्तक्षेप गर्न नसकेको टिप्पणी उनले गरेका छन्।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नै पूर्व सहकर्मी माओवादीका नेताहरुलाई प्रधानमन्त्री ओलीको कार्यशैलीअघि निकम्वा बनेको आरोप लगाएका हुन्। उनले ओलीकै आदेशमा प्रदेशको नाम गण्डकी, बामगती, कर्णाली तथा लुम्बिनी राखिएको दाबीसमते गरेका छन्।
ओलीको कार्यशैलीप्रति पूर्व माओवादीका नेताले फरक मत राख्न नसकेकोप्रति भट्टराईले व्यंग गर्दै भनेका छन्, ‘तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार!’
