नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कात्तिक ।

नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य भीम रावलले संसदले उपलव्ध गराएको दशैं भत्ता फिर्ता गर्ने भएका छन् । आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै रावलले महामारीको समयमा सांसदले भत्ता लिनु हुन्न भन्नेमा समर्थन रहेको जनाएका हुन् ।
‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ’ रावलले लेखेका छन् ।
महामारीको समयमा सांसदलाई दशैं भत्ता बाढिएकोमा सर्वत्र विरोध भइरहेको छ ।
