सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं : जनार्दन शर्मा

नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले कोरोना महामारीका वेला दशैं भत्ताका रूपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् । उनले फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् ।

उनले स्टाटस लेखेका छन्, ‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो । यस्तो वेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं । दशैं भत्तास्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नुपरेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’



जनताले अक्सिजनका लागि संघर्ष गर्दा मौन बसेका सांसदहरूले दशैं मनाउन नियमित तलब र सुविधाबाहेक तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ भत्ता लिएको तथ्य सार्वजनिक भएपछि यसको विरोध सुरु भएको छ । यसअघि नेकपा नता भीम रावलले पनि दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार