असई हत्या प्रकरण : घटनामा संलग्‍न भएको आशंकामा ११ जना पक्राउ

धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी मध्ये एक जना मृत भेटिएका छन् भने अर्को एक जनाको अवस्था अहिलेसम्म पनि अज्ञात छ । सोही प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।



प्रहरी जवान रामबहादुर साउँद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

सम्बन्धित समाचार