नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कात्तिक ।

आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।
त्यस्तै आज २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टायथा थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसी आर परीक्षण गरिएको छ।
